सर्वोच्चले रिट खारेज गरेसँगै राखेप सदस्य घिसिङ जिम्मेवारीमा फर्किए

काठमाडौं, २३ चैत्र । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज जिम्मेवारीमा फर्किएका छन् । सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सिलवाल घिसिङको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्च अदातलमा गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेसँगै उनको जिम्मेवारीमा फर्कन बाटो खुलेको […]

सम्बन्धित सामग्री

राखेप सदस्य सचिवबाट नहटाउन माग राख्दै सिलवालले दायर गरेको रिट खारेज

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवबाट सरकारले कानुनविपरीत हटाएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

राखेप सदस्य सचिवमा घिसिङलाई बाटो खुल्यो, सिलवालको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवबाट हटाएको विषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरेको छ।न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो। सिलवाललाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।तर, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलवाललाई हटाएर घिसिङलाई नियुक्त गरेपछि उनी अदालत गएका थिए। सिलवालले अदालतमा रिट दायर गरेपछि घिसिङले नियुक्ति लिए पनि काम गर्न पाएका थिएनन्।&