राखेप सदस्य सचिवबाट नहटाउन माग राख्दै सिलवालले दायर गरेको रिट खारेज

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवबाट सरकारले कानुनविपरीत हटाएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।