राखेप सदस्य सचिवमा घिसिङलाई बाटो खुल्यो, सिलवालको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवबाट हटाएको विषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरेको छ।न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो। सिलवाललाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।तर, वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलवाललाई हटाएर घिसिङलाई नियुक्त गरेपछि उनी अदालत गएका थिए। सिलवालले अदालतमा रिट दायर गरेपछि घिसिङले नियुक्ति लिए पनि काम गर्न पाएका थिएनन्।&