काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्। विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि मरासिनी मन्त्रालय फर्किएका हुन्।
मन्त्री शर्मा गम्भीर विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदामा बस्ने औपचारिक जानकारी गराएका थिए।