आर्थिक वृद्धि ऋणात्मक रहेका क्षेत्रले पुनर्कर्जा पाउने

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ ।

सम्बन्धित सामग्री

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि, उद्योग क्षेत्र ऋणात्मक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले यस्तो देखाएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुने कार्यालयले प्रारम्भिक अनुमान थियो ।

अर्थतन्त्रमा मन्दी छाएको उद्योग वाणिज्य महासंघको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीमा गएको निष्कर्ष निकालेको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा लामो समयदेखि विद्यमान मन्दीको अवस्थालाई प्रतिविम्वित गरेको महासंघको भनाइ छ । तथांक विभागले चालु आर्थिक वर्षमा एक दशमलव ८६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको उल्लेख गर्दै महासंघले पछिल्ला तीन त्रैमासको ऋणात्मक […]

बहुमत प्राप्त सरकारको पालामा आर्थिक वृद्धिदर उत्साहजनक भएनः अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बहुमत प्राप्त सरकारले लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न नसकेको बताएका छन्। वर्तमान अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै उनले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा क्रमशः ८.६ प्रतिशत र ७.७ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भएको बताए। तर, त्यसयता आव २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ६.४ प्रतिशत ऋणात्मक भएको थियो।

६.५ प्रतिशत आर्थिक वृद्धि असम्भव

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर, अर्थविद्हरूले देशको राजनीतिक अवस्था र कोरोनाले गराएको आर्थिक संकुचनलगायत कारणले लक्ष्य हासिल गर्न चुनौती रहेको बताएका छन् ।सरकारले अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकोमा कोरोना महामारीका कारण २.१२ प्रतिशतले अर्थतन्त्र ऋणात्मक […]

चालु वर्षमा ४ प्रतिशत आर्थिक वृद्धि सम्भव छ ? यसाे भन्छन् विज्ञ

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले सबै क्षेत्र प्रभावित भइरहेको छ । यस्तो बेलामा पनि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ४ दशमलब ०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । गत वर्ष आर्थिक वृद्धि २ प्रतिशतले ऋणात्मक रहेको थियो । एसियाली विकास बैंकले सन् २०२१ मा नेपालको आर्थिक...

आर्थिक वृद्धि ऋणात्मक हुनुमा कोभिड बाहना कि कारण ?

२१ फागुन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धि दर १.९९ प्रतिशतले ऋणात्मक रह्यो । यो पछिल्लो चार दशयताकै कमजोर अवस्था हो । सरकारले यसो हुनुमा नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीलाई प्रमुख कारण मानेको छ । विश्वव्यापी संकट बनेको कोरोनाले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको कुरामा विज्ञहरु सहमत छन् । तर, यस्ता संकट आउँदा […]

आर्थिक वृद्धि चौथो पटक ऋणात्मक

लकडाउनकै समय र त्यसपछिका दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी अधिकारीहरूको भनाइ पत्याउने हो भने मुलुकको अर्थतन्त्र ‘खासै खराब भएको छैन’ । कतिसम्म भने गत वर्षको आर्थिक वृद्धिसमेत ऋणात्मक (माइनस)  नहुने उनीहरूको दाबी थियो तर केन्द्रीय तथ्यांक विभागले बिहीबार ‘राष्ट्रिय लेखा तथ्यांक’ सार्वजनिक गर्दै २०७६/७७ को आर्थिक वृद्धि ऋणात्मक भएको जनाएको छ ।

आर्थिक वृद्धि ०.६ हुने विश्व बैङ्कको प्रक्षेपण

नेपाल सरकारको प्रक्षेपणभन्दा अत्यन्तै कम आकलन गर्दै विश्व बैङ्कले आर्थिक वर्ष २०७७÷७८ (सन् २०२१)मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक साउथ एसिया इकनोमिक फोकस प्रतिवदेनले आर्थिक वर्ष २०७६÷७७ (सन् २०२०)को नेपालको आर्थिक वृद्धि पनि ०.२ प्रतिशत हुने अनुमान सार्वजनिक गरिएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृदि दर ७ प्रतिशत हुने उल्लेख छ । विश्व बैङ्कका अनुसार कोरोना महामारी र बन्दाबन्दीका कारण पर्यटन क्षेत्रलगायत अनौपचारिक क्षेत्रमा व्यापक नकारात्मक प्रभाव परेकाले नेपाल मात्र नभई दक्षिण एसियामा नै हालसम्म नै सामना नभएको चरम आर्थिक मन्दीको सामना गर्ने प्रक्षेपण गरिएको छ । आव सन् २०२० मा माल्दिभ्स सबैभन्दा कठिनाइमा पर्ने प्रक्षेपण छ । यस वर्ष माल्दिभ्सको कुल गार्हस्थ उत्पादन १९.५ प्रतिशतले ऋणात्मक हुनेछ । त्यसैगरी आर्थिक वर्ष सन् २०२१ मा भारतको आर्थिक वृद्धि ९.६ प्रतिशतले ऋणात्मक रहने छ । सन् २०२२ मा मात्र सबै दक्षिण एसियाली देश धनात्मक आर्थिक वृद्धिको अवस्थामा पुग्ने छन् । त्यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको १२.५ प्रतिशत रहने प्रक्षेपण छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयताकै न्यून : एडिबी

एसियाली विकास बैंक (एडिबी)ले यो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।