लकडाउनकै समय र त्यसपछिका दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी अधिकारीहरूको भनाइ पत्याउने हो भने मुलुकको अर्थतन्त्र ‘खासै खराब भएको छैन’ । कतिसम्म भने गत वर्षको आर्थिक वृद्धिसमेत ऋणात्मक (माइनस) नहुने उनीहरूको दाबी थियो तर केन्द्रीय तथ्यांक विभागले बिहीबार ‘राष्ट्रिय लेखा तथ्यांक’ सार्वजनिक गर्दै २०७६/७७ को आर्थिक वृद्धि ऋणात्मक भएको जनाएको छ ।