चाडपर्वको समयमा उपभोक्तालाई खाद्यान्न खरिदमा सहुलियत दिने उद्देश्यले सरकारले सार्वजनिक संस्थान परिचालन गरी सुपथ पसल सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सुरु भएको सुपथ पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट...
बैतडी : दशैँ, तिहार, छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर बैतडीमा असाेज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा छ। सरकारले सर्वसाधारणका लागि चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले खोलिने सुपथ मूल्य पसल यहाँ भने नामकाे लागि मात्रै छ।साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमा सुपथ मूल्यको पसल सञ्चालनमा रहेकाे भए पनि यहाँ दैनिक उपभोग्य सामग्रीका भने अभाव रहेकाे छ।पाटनमा सञ्चालित सुपथ मूल्य पसलमा नुन मात्रै उपलब्ध रहेका छ। सुपथ मूल्य पसलम
काठमाण्डाै - दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् ।
साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ ।
खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभ...
कर्णाली – दसैँ, तिहार र छठलाई लक्ष्य गरी कर्णलीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा शनिबारदेखि सुपथ पसल सञ्चालन गरिएको हो। उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे। सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी रूपले तीव्र पारिने बताए। रिजालले यस्ता सहुलियत मूल्य पसल […]
दसैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सुपथ मूल्य पसरको उद्घाटन गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुप
काठमाण्डाै – चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।
कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाण्डौ उप...
काठमाडौं । दशैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने […]
दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल
चाडपर्वलाई लक्ष्य गरेर मुलुकका ७५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आम उपभोक्तालाई सुविधा दिन भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानमा सुपथ पसल खोलेका हुन्।...
काठमाडौं : सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल आजदेखि सञ्चालन गर्दैछ। दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामाग्री उपलब्ध गराइनेछ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार सबै किसिमका चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो पाँच रुपैयाँ, भटमासको तेल प्रतिलिटर १०, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच, कर्णालीको सिमी र फापरमा प्रतिकिलो १० र जिउँदो खसी/बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ। सुपथ मूल्य पसल काठमाडौंसहित ३९ जिल्लाका ४३ स्थानमा सञ्चाल