सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द : खसीबोका र च्याङ्ग्रा भोलिसम्म बिक्री हुने

काठमाण्डाै - दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् । साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ । खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभ...