डलरको भाउ हालसम्मकै उच्च अर्थतन्त्रमा देखिँदै छ असर, फर्वार्ड कन्ट्र्याक्ट गर्ने व्यवसायीलाई फाइदा

फागुन २५, काठमाडौं । डलरको भाउ लगातार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७७ वैशाख ५ गते अमेरिकी डलर १ को विक्रीदर १२३ रुपैयाँ २८ पैसा कायम भएकोमा त्यसलाई उछिन्दै २०७८ फागुन २४ गते अमेरिकी डलरको विक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  नेपालको वैदेशिक व्यापारको ठूलो अंश भारतसँग हुन्छ । नेपालको मुद्रा भारूसँग पेग्ड छ । यसले भारतमा डलरको मूल्य घटबढ हुँदा नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पर्छ ।  डलरको भाउ बढ्दा निर्यात, पर्यटन आय र रेमिट्यान्स (विप्रेषण)मा वृद्धि हुन्छ । तर, नेपालबाट वस्तु निर्यात न्यून हुने गरेको छ भने कोभिडका कारण पछिल्लो २ वर्षयता नेपालमा पर्यटक न्यून आएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीले पनि पछिल्लो समय विप्रेषण कम पठाउन थालेका छन् । यसले विदेशी विनिमय सञ्चितिमा दबाब सृजना हुने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।  डलरको भाउ बढ्दा सरकारले तिर्ने वैदेशिक ऋणको ब्याज बढेर बजेट घाटा बढ्दै जाने थापाको भनाइ छ । ‘नेपालको परिप्रेक्ष्यमा डलरको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ । राज्यले तिर्ने ऋणको ब्याज पनि बढ्ने हुँदा यसले बजेट घाटा बढाउँछ,’ उनले भने । डलरको भाउ बढ्दा शोधनान्तर घाटा बढ्नुका साथै व्यापारघाटा पनि बढ्छ । डलर जति सस्तोमा पाइयो त्यति विकास निर्माणदेखि आयात गर्ने वस्तु खरीद गर्दा फाइदा हुने थापाको भनाइ छ ।  नेपालले निर्यात गर्ने वस्तुमा प्रयोग गरिने कच्चा पदार्थ पनि विदेशबाट डलरमा नै आयात गर्नुपर्ने बाध्यता छ । यसले विदेशबाट आयातित कच्चा पदार्थ प्रयोग हुने वस्तुहरूको मूल्य बढ्ने निश्चित छ । तर, डलरको भाउ बढ्नेबित्तिकै आयातित वस्तुको मूल्य भने बढी हाल्दैन ।  व्यवसायीले डलरको भाउ बढ्नुअघि नै खरीद गरेका वस्तु अहिले विक्री गर्ने भएकाले मूल्य वृद्धिमा तत्कालै असर नपर्ने उनीहरूको भनाइ छ ।  आयातमा आधारित अर्थतन्त्र भएकाले आयातित वस्तु महँगो हुँदा त्यसले महँगी बढाउने अर्थशास्त्री डिल्लीराज खनालले बताए । उनका अनुसार रूसले गरेको युक्रेनमाथिको आक्रमणले गर्दा डलरको मूल्य अझै बढ्दै जाने सम्भावना बढेको छ ।  अहिलेको डलरको भाउमा वस्तु आयात गरियो भने यसको असर २/३ महीनापछि देखिने अर्थशास्त्रीहरूको भनाइ छ । पछिल्लो समय युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वभरिकै शेयरबजार घटेको छ भने सुन, चाँदी र डलरको भाउ बढ्दै गएको छ । विश्वभरिका व्यापारीहरू सुरक्षित एसेट्सतर्फ लागेका कारण शेयरबजार घटेर सुन, चाँदी र डलरको मूल्य आकाशिँदै गएको हो ।  डलरमा सामान किन्नुपर्ने भएकाले कतिपय व्यवसायीले पहिले नै डलर बढ्ने अनुमान गरेर बैंकसँग फर्वार्ड कन्ट्र्याक्ट गरेका हुन्छन् । यसरी फर्वार्ड कन्ट्र्याक्ट व्यवस्थापन गरेका व्यवसायीहरूलाई डलरको भाउ बढ्दा असर नपर्ने अर्थशास्त्री बताउँछन् । तर, फर्वार्ड व्यवस्थापन नगर्ने व्यवसायीलाई भने डलरको भाउ बढ्दा प्रत्यक्ष प्रभाव पर्छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट  

सम्बन्धित सामग्री

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।...

डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा ...

डलरको भाउ आज झनै महँगाे

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज झन् महँगाे भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो। अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ। पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घट्ने गर्छ । नेपाली रुपैयाँ र भारतीय...

एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुग्यो

काठमाडौं : अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ। शुक्रवार एक डलरको भाउ १२८ रुपैयाँ ११ पैसा पुगेको छ। पछिल्लो समय दैनिक रुपमा डलरको भाउले नयाँ रेकर्ड कायम गर्दै गरेको छ। डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्य महँगो बन्दै छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले…

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो । अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेप...

डलरको भाउ उक्लिने क्रम जारी

काठमाडौँ – अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ। एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो। युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ। युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ। अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ। अष्ट्रेलियन […]

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ

काठमाडौं, ३१ जेठ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो […]

हरेक दिन नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको भाउ

काठमाडौँ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ। यो दर सोमबार १२४.२४ रुपैयाँ थियो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो। युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ। युरो १३० रुपैयाँ ९५ […]

अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमा, रेमिटेन्स पठाउनेलाई फाइदा

काठमाडौं : अमेरिकी डलरको भाउ शुक्रवार अहिलेसम्मकै उचाइमा पुगेको छ। एक अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउले बिहीवारको अहिलेसम्मको सर्वाधिक उचाइलाई शुक्रवार तोडेको हो। विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो। तर लगत्तै घट्ने गरेको थियो। यसपाली भने सर्वाधिक…

डलरको भाउ आज पनि स्थिर, अन्यको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ। यसैगरी युरो […]