मंसिर २२, संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आईसोलेशनमा बसेका छन् ।
कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आईसोलेशनमा बसेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन्। उनमा कुनै लक्षण नदेखिएको र शुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।
बिहीवार पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने मंगलवार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा प्रवक्ताले बताएका थिए । महासचिवको मूलतः बुधवार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीवारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका छन् । रासस/ सिन्ह्वा
७ जेठ, काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन् ।
साथै राष्ट्रसंघले आर्थिक रुपमा कमजोर व्यक्ति र समुदायका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि समेत आह्वान गरिएको छ ।
महामारीबाट प्रभावित सबैभन्दा …