फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गर्नुभएको हो ।
खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् ।