सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध बिच प्रतिस्थापन विधेयक पेश भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले…

सम्बन्धित सामग्री

पुँजीगत खर्च नहुनुमा प्रतिस्थापन विधेयक कारक

प्रतिस्थापन विधेयकका कारण पुँजीगत खर्च हुन नसकेको विकासे मन्त्रालयहरूले जनाएका छन् ।सोमबार बसेको अर्थ समितिको बैठकमा विकासे मन्त्रालयहरूले प्रतिस्थापन विधेयक, दक्ष जनशक्तिको अभाव, झण्झटिलो खरिद प्रक्रिया तथा पूर्वतयारी विना बजेट बाँडफाँट गर्दा साढे ५ महिनासम्म पनि उल्लेख्य पुँजीगत बजेट खर्च हुन नसकेको जनाएका हुन् । सरकारले आइतबारसम्ममा मात्र ८.५३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।पुँजीगत […]

सरकार ‘खर्च गर्न नपाउने’ अवस्थामा, समस्या नहुने अर्थ मन्त्रीको भनाइ

काठमाण्डाै – संसदमा पेस भएकाे गरेको प्रतिस्थापन विधेयक पारित नभएपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । कानुनअनुसार भोलि बुधवारसम्म सरकारले प्रतिस्थापन विधेयक पास गर्नुपर्नेमा संसद् असोज ४ गतेसम्मका लागि स्थगित भएपछि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो । सरकारले संसद् विघटन गरेपछि गएको जेठ १५ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याउनुभएको थियो, संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्नेमा अर्थ मन्त्री जनार्दन शर्माले यही भदौको २५ गते प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो । विधेय...

बजेट प्रतिस्थापन विधेयक शुक्रबार

सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध नभए केही नयाँ कार्यक्रमसहित शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भने एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध पु¥याएका थिए । आगामी बैठकमा पनि एमालेको अवरोध कायम नै रहन […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, भदौ २३ । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ।प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापन

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापनमार्फत परिवर्तन गर्ने अर्थको तयारी छ । ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउने तयारी गरेको हो । विधेयक दर्ता भएको १ साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गराउने सरकारको योजना छ । तयार गरिएको विधेयक संसद्मा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आकलन समेत गर्दै छ । ‘आज (बुधवार) बस्ने संसद् बैठकमा उक्त दलको गतिविधि हेर्ने र बिहीवार संसद्मा विधेयक दर्ता गराउने तयारी छ,’ मन्त्रालयले स्रोतले भन्यो । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमाले संसद्मा आक्रामक तरीकाले प्रस्तुत हुने संकेत देखाइसकेको छ । ओली नेतृत्वको सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजारभन्दा बढी सडकमा नयाँ ठेक्का लगाउन वर्तमान सरकारले रोकिसकेको छ । आफूले ल्याएको बजेट र योजना नै रोकिएकोप्रति एमाले असन्तुष्ट छ । प्रतिस्थापन विधेयकमार्फत त्यस्ता आयोजना अघि नबढाउने सरकारको तयारी रहेको अर्थ स्रोत बताउँछ । यसले प्रतिपक्ष दल एमाले झन् रुष्ट हुने देखिएको छ । यसको संकेत सरकारले पाइसकेको छ । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागे पनि एमालेले त्यसलाई ‘स्वीकार गर्न नसकिने’ भनेको बताएका छन् । हालैको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यसबारे खुलाए । मन्त्री कार्कीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जनसहित पारित गर्न प्रतिस्थापन विधेयक तयार गरिएको र विधेयक संसद्बाट पारित गर्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिएका थिए । केही दिन अगाडि आफूले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद्का केही नियम निलम्बन गरेर बजेट पारित गर्ने प्रस्ताव राखेको उनको भनाइ थियो । तर, ओलीले भने प्रतिस्थापन विधेयक पारित गर्न नमानेको कार्कीको भनाइ छ । ‘बजेटको प्रतिस्थापन विधेयक पारित गर्न संसद्को केही नियम निलम्बन गरौं भनेको एमाले तयार भएन,’ कार्कीले भने, ‘२३ गतेदेखि संसद् शुरू हुँदै छ, मलाई आश छ, हामी बजेट पारित गर्छौं,’ साउनदेखि कार्यान्वयनमा जानुपर्ने बजेट संसद्बाट पारित भइसकेको छैन । अघिल्लो सरकारले संवैधानिक व्यवस्थाअनुसार बजेट आउनुभन्दा केही दिनअघि प्रतिनिधिसभा विघटन गर्दै अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि सर्वोच्चको आदेशले सरकार हेरफेर भयो र अध्यादेश बजेट कार्यान्वयन हुन सकेको छैन ।

संघीयताको मर्मअनुरुप बजेट प्रतिस्थापन विधेयक

केपी ओली सरकारले संघीयताको मर्म कुल्चेर ल्याएको चालू आर्थिक वर्षको बजेटलाई साना तथा कम बजेटका आयोजना स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने गरी वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको जनाएको छ ।साना आयोजन निर्माणमा पनि संघीय सरकारले हस्तक्षेप गर्दै आएकोमा प्रतिस्थापन विधेयकमार्फत क्षेत्र अधिकार स्पष्ट गरेर वित्तीय नीति ल्याउने अर्थ मन्त्रालय स्रोतले जनायो । […]

प्रतिस्थापन विधेयक ल्याउन गृहकार्य सुरु

सरकारले प्रतिनिधिसभाको पहिलो बैठकमा आर्थिक अध्यादेश पेस गरेसँगै प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया पनि अगाडि बढेको छ ।सत्तारुढ दलका नेताहरूका साथै सरकार तथा अर्थ मन्त्रालयभित्र यसबारेमा छलफलसहित आगामी मंसिरमा चुनाव नहुने भएपछि सोका लागि छुट्याएको बजेटसहित अन्य स्रोत व्यवस्थाबारे गृहकार्य सुरु भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।स्रोतका अनुसार, सरकारले आर्थिक अध्यादेशलाई ‘रिभिजिट’ गरी छलफल गरेर आर्थिक […]