काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ ।
सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।