रुस-युक्रेन युद्धको बीचमा युरोपेली देशहरूमा हतियारको दौड चलिरहेको छ। हरेक देश आफ्नो सुरक्षा बलियो बनाउन खतरनाक हतियारको विकासमा लागेका छन् । यसैबीच जर्मनीले विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाईरहेको छ । यो ड्रोन आणविक सुनामी ल्याउन सक्ने रुसी पोसेडन ड्रोनभन्दा ठूलो हुने बताइएको छ । जर्मन परिमार्जित अन्डरवाटर मदरशिप संसारको सबैभन्दा ठूलो पानीमुनि वाहन हुनेछ। […]