सुनको मूल्य बढ्ने क्रम जारी : बिहीवार ५०० रुपैयाँको वृद्धि

माघ २०, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले बढेको सुनको भाउ बिहीवार रू. ५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी बिहीवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

सम्बन्धित सामग्री

सुनको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति पुग्यो?

काठमाडौं : सुनको मूल्य चार दिनदेखि लगातार ओरालो लागेको छ। शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार…

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ […]

आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं : सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमवार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको अन्तिम…

सुनको मूल्य बढ्दै क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले बढेर एक लाख ३ […]

सुनको मूल्य बढ्ने क्रम जारी, आज कति पुग्यो ?

नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य त

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय […]

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको पाँचौं दिन आज बिहीबार पनि बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजारले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ५ […]

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, एकैदिन ६०० रुपैयाँले घट्यो

चैत २१, काठमाडौं ।  स्थानीय बजारमा सोमवार पनि सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसैगरि, सोमवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य यो दिन प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो  । यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । सोमवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९१९ डलर ५२ सेन्टसम्म पुगेको छ । त्यसैगरी, सोमवार पनि डलरको मूल्यमा स्थिर कायम भएको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन आइतवार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्ने क्रम जारी, आज कति छ बजार भाउ ?

केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै घट्दै आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि हुँदै बुधबार

फेरि घट्यो सुनको मूल्य

यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो । यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।