चैत २१, काठमाडौं । स्थानीय बजारमा सोमवार पनि सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरि, सोमवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य यो दिन प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।
यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । सोमवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९१९ डलर ५२ सेन्टसम्म पुगेको छ ।
त्यसैगरी, सोमवार पनि डलरको मूल्यमा स्थिर कायम भएको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन आइतवार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।