भदौमा कुमारी धनवृद्धि योजनाको नोक्सानी बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी साउनको तुलनामा भदौमा वृद्धि भएको छ ।  साउन मसान्तमा फण्डको नोक्सानी रू. २ करोड ७९ लाख रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोडभन्दा बढी पुगेको छ । भदौमा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । साउन मसान्तमा फण्डको जम्मा खर्च रू. २२ लाख ९८ हजार रहेकोमा भदौ मसान्तमा बढेर रू. ४२ लाख ३६ हजार पुगेको छ । त्यस्तै भदौमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ६५ लाख ऋणात्मक छ ।  फण्डको न्याभ पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ८७ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ १९ पैसा कायम भएको हो ।  यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७५ करोड ५४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. ७६ करोडभन्दा बढी थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी धनवृद्धि योजना र कुमार इक्वीटी फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ मङ्सिर महीनाको तुलनामा पुुस महीनामा बढेको छ । कुमारी इक्वीटीको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव २५ रहेकोमा पुस महीनामा बढेर रू. ११ दशमलव १० पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ मङ्सिर महीनामा रू. १० दशमलव १५ रहेकोमा पुस महीनामा बढेर रू. १० दशमलव ६८ पुगेको छ ।  त्यस्तै कुमारी धनवृद्धि योजनाको नाफा मङ्सिरको तुलनामा पुस महीनामा ४ दशमलव १५ गुणा वृद्धि भएको छ । फण्डले मङ्सिर मसान्तसम्म रू. २ करोड ६ लाख नाफा कमाएकोमा पुस मसान्तसम्म बढेर रू. ८ करोड ६० लाख पुगेको छ । पुस महीनामा यस फण्डको आम्दानी वृद्धि भएको छ । मङ्सिर मसान्तसम्म फण्डले कुल रू. ३ करोड आम्दानी गरेकोमा पुस मसान्तसम्ममा बढेर रू. ९ करोड ७३ लाख पुगेको छ ।  त्यस्तै कुमारी इक्वीटी फण्डले पनि पुस मसान्तसम्ममा रू. ७ करोड ६७ लाख नाफा कमाएको छ । मङ्सिर मसान्तसम्म यस फण्डले रू. ८६ लाख ३२ हजार नोक्सानी व्यहोरेको थियो । यस फण्डले पुस मसान्तसम्ममा रू. ८ करोड ६६ लाख आम्दानी गर्न सफल भएकोले नाफा सुधारिएको हो । मङ्सिर मसान्तसम्ममा फण्डको आम्दानी रू. ६ लाख १३ हजार ऋणात्मक थियो ।  पुस महीनामा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभलगायत नाफामा सुधार आएको छ । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डको नाफा÷नोक्सानलगायत न्याभमा असर परेको देखिन्छ ।