एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत गरे । ‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने, ‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो ।