आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो । हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए ।