काठमाडौं : भारतले नेपाललाई भूकम्पबाट क्षति भएका विद्यालय पुनर्निर्माणका लागि थप ३६ करोड रुपैयाँ दिएको छ। भारतीय दूतावासका अधिकारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीलाई हिजो ३६ करोड ११ लाखको चेक हस्तान्तरण गरे। उक्त रकमले भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माणमा थप सहयोग पुग्ने भारतीय दूतावासले जनाएको छ। २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षत विक्षत भएको नेपाललाई भारतले ५० मिलियन डलर सहयोगको घोषणा गरेको थियो।