यूएई – यूएईमा कार्यरत डाक्टर रवीन्द्र कुमार यादव यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बन्नुभएको छ ।
आठ वर्षदेखि यूएईमा कार्यरत उहाँले हिजो मंगलबार यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा पाउनु भएको हो । यसअघि यो भिसा कोही पनि नेपाली नागरिकले पाएका थिएनन् ।
संयुक्त अरब एमिरेट्स (यूएई) सरकारले केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरूलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथ...