अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९० पालिका प्रमुख र २१८ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय २० पालिका प्रमुखमा […]

सम्बन्धित सामग्री

सैनामैनाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा  कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका छन् । शर्माले एमालेका चित्रबहादुर कार्कीलाई पराजित गरेका हुन् । कार्की...

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार १ सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी...

सिरहाको धनगढीमाई नगर प्रमुखमा एमाले र उप प्रमुखमा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा  कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्प्रधी कांग्रेका रामचन्द्र...

मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर  विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची :शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ। गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठ नौ हजार ८९२ मत ल्याएर पराजित भएका हुन्।यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेग्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भएका छन्।

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस तथा उपमेयरमा एमाले विजयी भएको छ । यसअघिको चुनावमा एमाले विजयी भएको नगरमा यस पटक भने कांग्रेस उम्मेदवार ईस्तियाक अहमद खान मेयर पदमा निर्वाचित हुनु भएको हो । उहाँले ९ हजार १ सय ३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो । उपमेयरमा भने एमालेकी उमा अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्दी राप्रपाकी बिनिता गुप्ताले ६ हजार ५४४ मत ल्याउनु भयो ।

वालिङको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन् । एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा […]

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा एमाले विजयी भएको छ । यस्तै, अर्जुनचौपारी गाउँपालिका भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ । यसैगरी चापाकोट, पुतलीबजारमा कांग्रेसको अग्रता कायमै […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्