अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ । चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ । २०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित भएका थिए । नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट […] The post अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् । आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको  सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड धरानमा

धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्।...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे जापान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुग्नु भएको छ । पाँचदिने भ्रमणका लागि जापान जानुभएका अध्यक्ष प्रचण्ड केही समयअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा जापानका लागि […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्। पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको […]

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटघाट

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटघाट भएको छ । अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए ।छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।  भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् । भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधवार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ । नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया ग...