राष्ट्रसंघका विज्ञले भने : मानवअधिकार आयोगको नियुक्ति सच्याऊ

१४ वैशाख, काठमाडौं । मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानवअधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ । उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् […]

सम्बन्धित सामग्री

मानवअधिकार आयोगको स्तर खस्कँदै

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग विश्वस्तरमा कायम रहेको ‘ए’ श्रेणीबाट ‘बी’मा पुग्ने लगभग निश्चित छ। तर, राज्य पक्षले आयोगको प्रतिष्ठा जोगाउन उचित कदम नचालेको भन्दै अधिकारकर्मी तथा नागरिक समाजबाट तीव्र आलोचना भइरहेको छ। स्थापना कालदेखि ‘ए’ श्रेणीमा रहेको मानवअधिकार आयोग ‘बी’मा घटुवा भए देशको प्रतिष्ठामै आँच आउनेछ । यस्तो अवस्था आउन नदिन समयमै उचित कदम […]

सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो । कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र […] The post सिन्धुली कारागारमा मानवअधिकार आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मानवअधिकार आयोग भन्छ - घटनाको सुक्ष्म अनुसन्धान होस्

राष्ट्रिय मानवअधिकार आयोगले महोत्तरीको सम्सी गाउँपालिका– २ पर्सा देवाडका ४० वर्षीय खुर्सेद अन्सारीको चरम यातनापछि हत्या भएको घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने जनाएको छ ।  घटनास्थलको अवलोकन, पीडितपरिवार र प्रत्यक्षदर्शीहरूसँगको अनुसन्धान र...

२२ मंसिरदेखि १४औँ मानवअधिकार महाभेला हुने

राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका पक्षमा क्रियाशील संघसंस्थाको संयुक्त पहलमा काठमाडौंमा मानवअधिकार महामेला आयोजना हुने भएको छ। ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा २२ देखि २८ सम्म मेला आयोजना हुने भएको...

बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी : मानवअधिकार आयोग

काठमाडौँ- बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको बागमती प्रदेश कार्यालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी परेको हो । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुर जिल्लामा मानवअधिकार उल्लङ्घनको उजुरी परेको […]

तालिबानद्वारा अफगानिस्तानमा मानवअधिकार आयोग खारेज

काबुल : अफगानिस्तानमा तालिबानले मानवअधिकार आयोग सहित द्वन्द्व व्यवस्थापन गर्ने पाँचवटा प्रमुख आयोग खारेज गरेको छ।आर्थिक संकटका कारण तालिबानले यी विभाग खारेज गरेको बताएको छ। तालिबान अधिकारीहरूले शनिबार बजेट घोषणा गर्दै अफगानिस्तानलाई गत आर्थिक वर्षमा ५० करोड १० लाख डलर अर्थात् ६२ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ बराबरको बजेट घाटा लागेको बताए। तालिबान सरकारका उपप्रवक्ता इन्नामुल्ला सामानगानीले भने‚ ‘मानवअधिकार जस्ता आयोगको कामै छैन। यस्ता आयोगका लागि कुनै बजेट पनि छुट्याइएको छैन

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

उजुरी छानबिनमा किन पन्छिँदै छ मानवअधिकार आयोग?

काठमाडाैँ – राष्ट्रिय मानवअधिकार आयोगले छानबिनका क्रममा प्रमाण नभेटिएका उजुरी सरकारलाई जिम्मा लगाउने भएको छ। डेढ दशकयता द्वन्द्वकालीन उजुरी थन्क्याउँदै आएको आयोगले छानबिन टुंग्याउने नाममा यस्तो रणनीति बनाएको हो। आयोगका अध्यक्ष टोपबहादुर मगरले प्रमाण नभेटिएका सबै उजुरी सरकारलाई नै जिम्मा लगाउने बताए। ‘छानबिनमा समय र स्रोत खर्च गरे पनि प्रमाण भेटिने अवस्था नरहेका उजुरी अब […]

मानवअधिकार आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन

ओखलढुंगा– ओखलढुंगामा विभिन्न घटनाका २४ जना मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही गर्न सिफारिस भए पनि अहिलेसम्म कारबाही भएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई कारबाही सिफारिस गरेका स्थानीय, प्रहरी तथा बहालवाला जनप्रतिनिधिमाथि कारबाही नभएको पाइएको छ । अनुसन्धानपछि दोषी ठहर भएका व्यक्तिमाथि कारबाहीका लागि सिफारिस गरिए पनि सरकारले कारबाही नगरेको मानवअधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जनाएको […]

विष्णु माझीलाई खोज्दै मानवअधिकार आयोग पुग्यो माइतीघरमा

काठमाडौं, २८ भदौ । यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ । माझी मिडियामा सायदै आउछिन् । उनी परिवारबाटै बन्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ । राष्ट्रिय मानवअधिकार आयोगले माझीको पछिल्लो […]