नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेशसभा (ख) बाट सिफारिस गरिएको छ । गुरुङकै उपस्थितिमा शनिबार आयोजित नेकपा एमाले लमजुङको ५ औं पूर्ण बैठकले उनको नाम लमजुङ प्रदेशसभा (ख) का लागि प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो ।