भेरी नगरपालिका–१० मा लिफ्टमार्फत आँगनमै पानी

सुर्खेत : वर्षौंदेखि खानेपानीको समस्याबाट पीडित जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरवासी लिफ्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन्।गत वर्षदेखि सञ्चालित लिफ्ट खानेपानी आयोजनाको पानी घरआँगनमै पाउँदा भुरचौरवासी खुसी भएका हुन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आर्थिक सहयोगले उक्त ठाउँमा खानेपानी पुगेको हो। पुस्तौँदेखि भेरी नदीको पानीमा जीवन निर्वाह गरेका स्थानीय बासिन्दा स्वच्छ सफा पानी पाउँदा हर्षित भएका छन्।पानी लिन डोको नाम्लोको सहारामा घण्टौँ हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका ब

सम्बन्धित सामग्री

भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।...

भेरी नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध

जाजरकोट – भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको हो। अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ। भेरी नदीमा सात मिटर पानी […]

खानेपानी सुविधा नहुँदा भेरी नदीको भर

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्बिर- हेमन्त केसी/रासस

भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

पटक–पटक चुनावी नारा बन्दै आएको भेरी नगरपालिका –१३ कुदुमा लिफ्ट मार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याएको हो ।भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ […]

भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

सुर्खेत : पटक पटक चुनावी नारा बन्दै आएको जाजरकोट भेरी नगरपालिका १३ कुदुमा लिफ्टमार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयबासी खुशी भएका छन्।२ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्‍याएको हो। भारी मात्रामा खेतीयोग्य जमिन भएपनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ।खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदी

घरमै पानी पुगेपछि भेरी जान छुट्यो

‘खच्चडबाट भेरीको पानी बोकाउनु पर्ने विगतमा बाध्यता थियो। अहिले चौरजहारी उपत्यकाका जनताले दुःख भोगेर दूषित भेरीको पानी खानुपर्ने बाध्यता हट्यो।’ 'आयोजना सुरुदेखि उपभोक्ताहरु निरन्तर सहयोग भएकाले दुई वर्षमै पानी चौरजहारीमा झार्न सफल भयौं। दुषित पानीका कारण ...

यसरी ल्याइँदैछ भेरी नदीको पानी वीरेन्द्रनगरमा

लामो सयमदेखि चर्चामा रहेको भेरी लिफ्ट खानेपानी आयोजनाको काम अब अघि बढ्ने संकेत देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अघि सारिएको उक्त आयोजना अघि बढाउन वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।६ अर्ब लागत, आयोजना सम्पन्न गर्न ६ वर्ष लाग्नेआगामी ३० वर्षको अवधि

लिफ्टमार्फत गाउँगाउँमा पानी पुग्दा स्थानीय हर्षित

जाजरकोट – जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन्। सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो। सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन्। विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका […]

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।

भुरचौर गाउँमा भेरीको पानी, स्थानीयवासीमा छायो खुसी

जाजरकोट : दुई वर्षअघि भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुरलाई भेरीले बगाएको थियो। नदीले छोरो बगाएपछि अशान्त भएका थेपेको आँगनमै अहिले पानी पुगेको छ।पानी लिन जाँदा नै चार वर्षअघि १५ वर्षीय कृष्ण खत्रीलाई भेरीले बगाएको थियो। यस्तै, ६  वर्षअघि  १२ वर्षीय कर्णबहादुर विकलाई समेत नदीले बगाएको  थियो। पानी गाउँमा पटक–पटक ल्याउन माग गरेका थेपेलगायत धेरै गाउँलेहरुले पानीकै काराण आफन्त गुमाएपछि बल्ल आँगनमा पानी पाएका छन्