जाजरकोट : दुई वर्षअघि भेरी नगरपालिका–१० भुरचौरका थेपो कामीले भेरी नदीमा पानी ल्याउन पठाएका आठ वर्षीय छोरा नरबहादुरलाई भेरीले बगाएको थियो। नदीले छोरो बगाएपछि अशान्त भएका थेपेको आँगनमै अहिले पानी पुगेको छ।पानी लिन जाँदा नै चार वर्षअघि १५ वर्षीय कृष्ण खत्रीलाई भेरीले बगाएको थियो। यस्तै, ६ वर्षअघि १२ वर्षीय कर्णबहादुर विकलाई समेत नदीले बगाएको थियो। पानी गाउँमा पटक–पटक ल्याउन माग गरेका थेपेलगायत धेरै गाउँलेहरुले पानीकै काराण आफन्त गुमाएपछि बल्ल आँगनमा पानी पाएका छन्