केन्द्रीय सदस्य छनोटप्रति माधव नेपालको पार्टीमा असन्तुष्टि

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकप

सम्बन्धित सामग्री

माधव नेपाल एमालेमा फर्कलान् ?

काठमाडौं, १ असोज । अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई ३१ भदौमा एमाले काठमाडौं जिल्ला प्रशिक्षणमा नेता नै भनिन् । धेरै दुःख गरेको पार्टी छाडेर बाटो बिराएको भन्दै फर्कन आग्रह गरिन् । योगेश भट्टराईले माधव नेपाल एमालेमै फर्कने बताए । उनले निर्धक्कसँग नेपाल एमालेमा फर्कने बताउनु अर्थपूर्ण छ । माधव नेपालले भने नेकपा एमाले फुटाएर नेकपा एस […]

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

माधव नेपाल पक्षका नेताहरु चन्द्रागिरी रिसोर्टमा

नेकपा एमाले विभाजन गरी नयाँ पार्टी दर्ताको अन्तिम चरणमा पुगेका माधव नेपाल पक्षका नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको छ।

यस्तो छ माधव नेपाल नेतृत्वको पार्टीको संरचना

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ।

माधव नेपाल पक्षमा ८० भन्दा बढी केन्द्रीय सदस्य पुगे

काठमाडौं, १ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान नै चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् । माधव नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जनालाई आफ्नो पक्षमा पारिसकेको दाबी गरेको छ । माधव नेपाल पक्षका एक नेताले […]

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

माधव नेपाल गद्दार होईन, राजनेता हो : रिजाल (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् । उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । माधव नेपाल यो देशको सम्मानित राजनेता […]

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित्

काठमाडौं, ३१ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन । नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् । माधव नेपाल पक्षधर सांसदहरुकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त […]

माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो । प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा...

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]