नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले जेष्ठ पत्रकारलाई सहायता प्रदान सुरु गरेको छ । शाखाले जेष्ठ पत्रकार सहायतासँगै कोभिड संक्रमित सहयोग र उपचार सहायता समेत प्रदानको काम शुरु गरेको छ ।
मोरङ – प्रदेश १ स्थित प्रादेशिक सञ्चार प्रतिष्ठानले १२ जना कोभिड १९ संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराएको छ। विराटनगरस्थित प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार शुक्रबार मोरङका कुमार खड्का, भक्तशेर लिम्बू र जगन्नाथ भट्टराईलाई सहयोग रकम उपलब्ध गराएको हो। कार्यकारी निर्देशक शर्माले संक्रमणबाट निको भएका तीनै जनालाई समान २५ हजार रुपैयाँ प्रदान गरेको बताए। कोरोना […]
नेपाल समाचारपत्र, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले कोरोना संक्रमित दबुमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड दु्र्रत प्रतिकार्य समूह गठन गरेको छ ।पत्रकार राष्ट्रिय दबुको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, विगेन तुलाधर, अनुप प्रधान, पूर्णभक्त दुवाल […]
न्युज अफ नेपाल, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले कोरोना संक्रमित दबूमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड दु्र्रत प्रतिकार्य समूह गठन गरेको छ । पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, विगेन तुलाधर, अनुप प्रधान, […]
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने सम्झौता भएको हो । कोरोनाबाट दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र तिनका परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डा. केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र तिनका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने उपायबारे निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।
उनका अनुसार संक्रमित पत्रकार एवं तिनका परिवारले डा. केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरे सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । यसका लागि महासंघका कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् ।
जेठ ३, सुर्खेत । कर्णाली प्रदेशका पत्रकारको हक, हितसँगै आपत–विपद्मा परेका पत्रकारको सहयोगको लागि एक करोड राशीको पत्रकार कल्याण कोष स्थापना गर्न लागिएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सोमवार बसेको बैठकले कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्न लागेको हो । महासंघले कोष स्थापनामा सहयोग गर्न उद्योग, व्यवसायीसँगै तीन तहका सरकारसँग अपिल गरेको छ ।
प्रदेश अध्यक्ष देवीराम देवकोटाले कोषबाट तत्कालीन रुपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्धारमा सहयोग गरिनुका साथै दीर्घकालमा विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिने बताए ।
उनले प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरु दिनहुँ कोरोना संक्रमित हुने संख्या बढीरहेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरुलाई कोरोना विरुद्धको फ्रन्टलाइनर घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लगि उचित प्रबन्ध गर्न बैठकले राज्यको ध्यानाकर्षण गराएको जनाए ।
उनका अनुसार बैठकले पत्रकारलाई आपतकालिन उद्दार तथा उपचारमा सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोकेको छ । बैठकमा महासंघ मुगु शाखाका पूर्व अध्यक्ष सुमन मल्लको गत वैशाख २९ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ । सेजनले प्रेस विज्ञप्ति जारी गर्दै बिमा कम्पनीसँग गरेको कोभिड बिमाको पोलिसी सकिएको भन्दै आफ्नै कोषबाट सहयोग गर्न लागेको जानकारी दिएको हो ।
गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी फर्माका सञ्चालक होम पल्लीले निर्माण गरिदिएक हुन्। महासंघको आइसोलेसनमा पत्रकारहरुलाई पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ। माहासंघले जिल्लामा अक्सिजन अभाव हुन नदिन सहयोग अभियान पनि सञ्चालन गरेको छ।