चितवनको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म कर्फ्यु लगाइएको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी लामिछानेले भण्डारीको मृत्यु