मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका लागि महत्त्वपूर्ण हुने देखिएको हो ।नयाँ सरकार गठनका लागि पहल भइरहँदा प्रतिनिधिसभाको समीकरणमा मात्र नभई केही प्रदेशमा पनि जसपा नेपाललाई साथ लिएमा सत्तारुढ गठबन्धनलाई सरकार गठनमा सहज हुने अवस्था छ । प्रदेश १ मा भने कांग्रेस र एमाले मिलेर सरकार नबनाउने हो भने जसपा नेपालको समर्थन बिना बहुमतको आकडा