धनुषाको धनौजीमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ । वडा नम्बर–१ को मतगणना हुँदा खसेको भन्दा बढी मतपत्र पाइएको स्थानीयले आरोप लगाएपछि गणना स्थगित गरिएको हो । धनौजीको लखौरी केन्द्रमा कुल एक हजार ६८९ मत खसेको थियो । तर, गणना हुँदा मतपेटिकामा एक हजार ७०५ मतपत्र भेटिएको बताइएको छ । मतपेटिका...

सम्बन्धित सामग्री

‘खसेकोभन्दा बढी मत कहाँबाट आयाे, ब्रम्हाले राखिदिए कि महादेवले?’

इलाम : पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले पछिल्लो ६ वटा केन्द्रको गणनामा मुचुल्काभन्दा बढी गणना भएको पाइएको बताए ।‘२४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटिए । यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो ?’ उनले भने &lsq

गाउँभन्दा सहरमा बढी मत बदर

काठमाडौं, असार १४ । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ । त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन […]

तालमेल भएका सहरमा बढी बदर

गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ ।त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको बताउँछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी मत भेटिएको हो ।

रुपन्देहीमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

बुटवल – रुपन्देहीमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ। रूपन्देहीका १६ स्थानीय तहमध्ये मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकामा अहिले पनि मतदान जारी छ। रूपन्देहीमा ७० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। मतदान सकिएका स्थानमा ९ः३० बजेदेखि मतगणना गर्ने तयारी छ।

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो

बर्दियामा दिउँसो ३ बजेसम्म ४७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए ।मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]

एमाले दैलेख अधिवेशनमा भाँडभैलो : खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।