कात्तिक १६, काठमाडौं । ५ ओटा कम्पनीहरुले साधारण सभा आज अर्थात् मंगलवार गर्न भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेण्ट बैंक र शिवम् सिमेण्ट्सले साधारण सभा आयोजना गरेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी शिवम् सिमेण्टस्ले बिहान १० बजे होटल सोल्टीमा साधारण सभा बोलाएको छ । सभाले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गते बन्द गरिसकेको छ । यस आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले बिहान १० बजे लैनचौर ब्याक्वेटमा साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश कात्तिक ४ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यस्तै, सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे साधारण सभा आयोजना गरेको जानकारी गराएको छ । सभाले १२ दशमलव ९१ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश असोज २१ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यसैगरी, कुमारी बैंकले बिहान ११:३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको लाभांश कात्तिक ७ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।