विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे ।पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण आदि विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्र सम्बन्धी विषय