काठमाडौं : दिउँसो ३ बजेको चर्को घाम। त्यही घाममा कोभिडविरुद्ध खोप लगाउनेको लाइन। सिभिल अस्पतालदेखि झण्डै नापी विभाग कार्यालयसम्म तातो घाममा ज्येष्ठ नागरिक खोपको आशमा लामबद्ध थिए। त्यही लाइनमा थिइन् लक्ष्मी अधिकारी। कपाल सेतै फुलिसकेकी बबरमहलकी लक्ष्मी उमेरले ६५ वर्ष पार गरिसकिन्। सकी नसकी १२ नबज्दै खोपको लागि लाइनमा थिइन्। तर चर्काे घाममा तीन घण्टा लाइनमा बसे पनि उनले खोप लगाउन पाएकी थिइनन्। ‘तीन घण्टा भयो लाइनमा बसेको बल्ल खोप दिइने ठाउँमा आइपुगेको छु,’