प्रथम चौमासिक सकिँदा पनि पारित भएन प्राधिकरणको बजेट

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिक सकिँदासम्म नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट पास हुन सकेको छैन । अर्बाैं लगानीका राष्ट्रिय गौरवका विमानस्थल आयोजनादेखि अन्य योजनाहरू अघि बढाउँदै आएको प्राधिकरणको बजेट कात्तिक सकिँदा र मन्त्री पाएको १ महीना बित्दासम्म पनि पारित हुन सकेको छैन । प्राधिकरणको बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा बोर्ड सदस्यहरूले चासो नदिँदा प्राधिकरणको प्रस्तावित रू. ४१ अर्ब बजेट पारित हुन नसकेको हो । प्राधिकरणका एक उच्च अधिकारीले मन्त्रीको कार्यव्यस्तताका कारण प्राधिकरणको बजेटका सम्बन्धमा चासो नआएको बताए । उनले भने, ‘मन्त्री निकै व्यस्त हुनुभयो, प्राधिकरणको बजेटमा ध्यान दिन सक्नु भएको छैन, यद्यपि चालू आवको बजेट छिटै पारित हुनेमा हामी आशावादी छौं ।’ बजेट पारित नभए पनि प्राधिकरणले गत आर्थिक वर्षको केही अंश बजेट परिचालन गरेर बजेट तथा रकम निकासा गर्दै आएको छ । ती अधिकारीले भने, ‘अब पनि बजेट पारित गर्न ढिलाइ हुने हो भने प्राधिकरणको चालू खर्च र आयोजनाको काममा नै ठूलो प्रभाव पर्छ ।’ चालू आव शुरू हुँदा मन्त्री अर्थात् प्राधिकरणका बोर्ड अध्यक्ष रिक्त रहेकाले बजेट पारितमा समस्या भएको थियो । तर, अहिले विभागीय मन्त्री पाउँदा पनि बजेट पारित हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा आलेलाई नियुक्त गरेको थियो । त्यसको १ महीना बितिसक्दासम्म प्राधिकरणको बजेट पारित हुन सकेको छ्रैन । प्राधिकरणको बजेट मन्त्री तथा बोर्ड सदस्यहरूको प्राथमिकतामै परेको छैन । प्राधिकरणको बोर्ड अध्यक्ष मन्त्री, बोर्ड सदस्यमा पनि मन्त्रालयकै सहसचिव रहने व्यवस्था छ भने सदस्य सचिवमा भने प्राधिकरणका महानिर्देशक रहने व्यवस्था छ । तर, हालसम्म पनि प्राधिकरणको बजेट पारित हुन सकेको छैन । बोर्डका सदस्य सचिवसमेत रहने प्राधिकरणका महानिर्देशकमा अहिले राजकुमार क्षत्री छन् । प्राधिकरणको बजेट, एजेन्डा भने सदस्य सचिव अर्थात् महानिर्देशक क्षत्रीले बोर्डमा राख्नुपर्छ । यो १ महीनाको बीचमो बोर्डको बैठक बसेको छैन । मन्त्री र बोर्ड सदस्यहरूको कार्यव्यस्तताले गर्दा समय नै उपलब्ध नहुँदा बोर्ड बैठक बस्न नसकेको स्रोतको दाबी छ । यसैगरी गत आर्थिक वर्षमा प्राधिकरणको कुल बजेट पनि रू. ४१ अर्ब ११ करोड थियो । त्यसमध्ये पूँजीगत बजेट मात्रै रू. ३० अर्ब ६४ करोड थियो । कोरोना भाइरसका कारण पूँजीगत खर्च पर्याप्त हुन नसक्दा कुल विनियोजित पूँजीगत खर्चमध्ये रू. १६ अर्ब ८२ करोड मात्रै खर्च भएको प्राधिकरणको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । हवाई सेवाबाट हुने आम्दानीमा निर्भर रहने प्राधिकरणको गत आर्थिक वर्षमा आम्दानी पनि घटेको थियो । विमानस्थल पूर्वाधार योजनाहरू बहुवर्षीय ठेक्कामा जाने हुँदा तत्काल बजेट निकासा नहुँदा समस्या नभएको देखिए पनि चालू आवको बजेट नै रोक्दा अब समस्या देखिन लागेको प्राधिकरणका ती अधिकारीले बताए । मुलुकभरका गौरवका विमानस्थल आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलसहित ५४ ओटा विमानस्थलको पूर्वाधार विस्तार मर्मतसम्भारलगायत कार्य प्राधिकरणले व्यवस्थापन गर्छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न […]

विष्णु गाउँपालिकाको बजेट छ महिनापछि पारित

काठमाडौँ,८ माघ । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकैसाथ पारित गरेको गाउँपालिकाका […]

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट पारेको भन्दै […]

काठमाडौं महानगरको बजेट पारित

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]

बजेट पारित

काठमाडौँ,१९ असार । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा(एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती […]

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री…

तातोपानीको बजेट पारित

जुम्लाका आठैवटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११औं गाउँसभाबाट आगामी आव २०७९/०८० को बजेट पारित भएको हो । १ देखि ८ नम्बर वडाको बजेटमाथि दफाबार छलफल तथा गाउँसभा सदस्यको टिप्पणीसहित सभाअध्यक्ष नन्दप्रसाद चौलागाईंको सम्बोधनपछि ११औं गाउँसभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए […]

मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ। मन्त्रिपरिषद्बाट पारित भएसँगै अर्थमन्त्री जनार्दश शर्मा  संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न सिंहदरबारबाट संसद् भवनतर्फ गएका छन्।  ...

मन्त्रिपरिषदबाट बजेट पारित

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।

मन्त्रिपरिषद्‍बाट बजेट पारित

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय पारित गरेको हो। योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपरान्ह ४ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।