बझाङ - प्रमुख प्रशासकीय अधिकृत नहुँदा बझाङकाे जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित भएकाे छ ।
जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनुभएका मंगल बहादुर शाहीको उपसचिवमा बढुवासँगै सरुवा भएपछि नगरपालिकाको कामकाज प्रभावित भएको हाे ।
असोज महिनापछि नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुनसकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् ।
जयपृथ्वी नगरपालिका-५ का स्थानीय बासिन्दा झलकबहादुर सिंहले आफ्नो कामका लागि दशौँ पटकभन्दा बढ...