कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले एक महिनाभित्रै रासायनिक मलको समस्या समाधान हुने दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा व्यावसायिक कृषिको विकास तथा आधुनिकीकरण : आजको आवश्यकता’ विषयक अन्तर्क्रियामा मन्त्री यादवले विद्यमान रासायनिक मल अभावको समस्या एक महिनाभित्रै समाधान हुने बताएका हुन् ।