काठमाडौं : पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरि गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।उनका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको हो। गत वर्षभन्दा यस वर्ष काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको हो।उनका अनुसार मङ्गलबारदेखि उक्त रेखा माथि अर्थ