काठमाडौं : गर्मी बढे सँगै अस्पतालहरुमा भाइरल ज्वरो तथा झाडापखालाका बिरामी बढ्न थालेका छन।आजभाेलि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक २० जना सम्म ज्वरो र झाडापखालाका बिरामी आउने गरेका छन्।अस्पतालका इमर्जेन्सी प्रमुख लीलानाथ भण्डारीका अनुसार अहिले भाइरल ज्वरो र झाडापखालाको विरामी धेरै आउन थालेका छन्।‘दैनिक २० जना सम्म ज्वरो र झाडापखालाका बिरामी आउन थालेका छन्, फाट्टफुट्ट डेंगुका बिरामी पनि आउने गरेका छन, अब गर्मी बढेको र पानी पर्ने बित्तिकै डेंगुका बिरामीहरु बढ्न स