काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ८ हजार ३४६ पुगेको छ। यीमध्ये २ लाख १ हजार १५ जना निको भइसकेका छन भने १ हजार ९१३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ४१८ रहेको छ।