नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको