काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गरेका हुन्।