भौगोलिक रूपमा टाढा रहेर सम्बन्ध सुमधुर राखिराख्नु सहज काम होइन । यो कुरा महिला र पुरुष दुवैको हकमा लागू हुन्छ । त्यसमा पनि दुई फरक देश वा फरक महादेशमा बसेर राम्रो सम्बन्ध बनाइ राख्ने चुनौती उठाउने काम साहसिक लाग्छ मलाई । किनकि त्यस्तैै साहसिक मध्येकी म पनि एक हुँ जस्तो लाग्छ ।
छोराले कहिलेकाहीँ मसँग आफ्नो बुवाको बारेमा सोध्छ । ‘बुवा कहिले घर आउनुहुन्छ’ भन्ने उसको प्रश्नले मलाई झल्याँस्स बनाउँछ ।
श्रीमान् परदेशमा हुनुहुन्छ । हामी आमा छोरा नेपालमा । भौगोलिक दुरीले आत्मियता घटाउँदैन, बरु उल्टै...