नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो ।आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ । दोस्रो पटक काँग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् । ७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको प