युरोप पठाउँछु भन्दै ५२ लाख रुपैयाँ ठगी

काठमाडौं । फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौंबस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।             पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट रु ४० लाख असुलेको पाइएको छ । उनले जानका लागि प्रतिव्यक्ति रु १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको उनले बताए ।             पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ । यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।             दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।      –रासस

सम्बन्धित सामग्री

दिनको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको […]

उपत्यकामा लुटपाट‚ चोरी गर्ने र ठग्ने १२ जना पक्राउ

काठमाडौँ : काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका-१ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले माघ २५ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका-१ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका-१ बस्ने वर्ष २५ को कार

विदेश पठाउछु भन्दै फेसबुकबाट ५२ लाख ठग्ने पक्राउ

काठमाडौँ, मंसिर २७ – महानगरीय अपराध महाशाखाले फेसबुकबाट ५२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।  महाशाखाबाट खटिएको टोलीले फेसब...