प्रधानमन्त्रीकै टुंगाे छैन, तर पार्टी फुटाएर मन्त्री बन्न मरिमेट्दै जसपा

काठमाडौं : संसद्मा चौथो दलको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा छ। पार्टी एकता प्रक्रियाले पूर्णता पाउनुअघि नै जसपा फुट्ने तरखरमा छ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन गरेर अघि बढ्ने भन्ने विवादले अन्ततः विभाजनको चरणमा पुगेको होे। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (साविक राष्ट्रिय जनता पार्टी, राजपा) खेमाले ओली सरकार निरन्तरताको पक्षमा उभिरह्यो। तर, अर्का अध्यक्ष उपे

सम्बन्धित सामग्री

पार्टी जोगाउन असन्तुष्ट सांसदलाई मन्त्री

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरुलाई मन्त्री बनाएका छन् । यससँगै जसपामा अल्पमत बहुमतको खेलमा उनले बाजी मार्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् । जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केही महिनादेखि कार्यकारिणी समितिका अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्ट थिए । स्थानीय चुनावको पूर्वसंध्यामा भएको सहमति समेत अध्यक्ष […]

जसपा पनि मन्त्री फेर्दै, तीन मन्त्रीलाई बोलायो फिर्ता

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी (जसपा)ले पनि पार्टीका तर्फबाट मन्त्री भएका तीनजनालाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिंदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । तीन मन्त्रीलाई फिर्ता बोलाएसंगै …

मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी

१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना […]

जसपा विभाजनको संघारमा

काठमाडौं, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ । एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समेत मन्त्री हेरफेर हुनुपर्ने विषयले प्रवेश पाएको छ । […]

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ। अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा

जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दवाव परेको बताइन्छ । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा सहभागी भएका चार मन्त्रीमध्ये तीनलाई फिर्ता बोलाउने तयारी भएको जसपा निकट स्रोतले बतायो । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

जसपा पनि सरकारमा, मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...