काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले ओहदाको प्रमाणपत्र बुझाएका छन्।पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा ओहदाको प्रमाणपत्र बुझाएको नेपाली दूतावासले जनाएको छ। गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। उनले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा भएकामा खुसी व्यक