नेपालका लागि  टर्कीका राजदूतले राष्ट्रपतिसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र

 नेपालका लागि  टर्कीका राजदूत फिराट सुनेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।  बुधवार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उनले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।  सो समारोहमा उक्त अवसरमा परराष्‍ट्र मन्त्री डा। नारायण खड्का लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

स्पेनका राजदुतबाट युएनडब्लुटिओ समक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । स्पेनका लागि नेपालकी राजदुत डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (यु.एन.डब्लु.टि.ओ.) का महासचिवसमक्ष बुधबार आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । स्पेनको राजधानी मड्रिडस्थित विश्व पर्यटन संगठनको मुख्यालय पुगेर राजदुत ढकालले संगठनका महासचिव जुरब पोलोलिखास्भीली समक्ष शिष्टाचार भेट गर्नुभई आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो । सो अवसरमा राजदुत ढकालले […]

राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए। राजदूत ख

राजदूत पोखरेलले अस्ट्रेलियाका गभर्नरलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले ओहदाको प्रमाणपत्र बुझाएका छन्।पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा ओहदाको प्रमाणपत्र बुझाएको नेपाली दूतावासले जनाएको छ। गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। उनले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा भएकामा खुसी व्यक

राजदूत शङ्कर शर्माले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत शङ्कर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् । उनले आज (बुधबार) नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूतसमेत हुन् । राजदूत शर्माले ट्विट गर्दै ओहदाको प्रमाणपत्र राष्ट्रपति कोविन्दसमक्ष प्रस्तुत […]

राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौँ– कम्बोडियाका लागि गैह्रआवासीय नेपाली राजदूत गणेश प्रसाद ढकालले कम्बोडियाका राजा नोरोदम सिहामोनीसमक्ष मंगलबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्। नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ। प्रमाणपत्र बुझाएपछि राजदूत ढकालले राजा सिहमोनीसँग संक्षिप्त कुराकानी गरे। त्यस अवसरमा राजदूत […]

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै समारोहमा सिंगापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । सिमोन वोङ वी क्युन (सिंगापुर), डेभिड ग्रेजोरी पाइन (न्यूजिल्याण्ड), लियोपोल्डो गिरेली (होली सी), फिरात सनेल (टर्की) र डानियाला मारियाना (रोमानिया) ले नेपालकी राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

टर्कीका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि टर्कीका राजदूत फिरत सुनेलले राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।...

पाँच देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं, ५ कार्तिक । नेपालका लागि विभिन्न पाँच देशका आवासीय तथा गैरआवासीय राजदूतहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूतहरूले आज राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको शितलनिवासले […]