स्पेनका राजदुतबाट युएनडब्लुटिओ समक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । स्पेनका लागि नेपालकी राजदुत डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (यु.एन.डब्लु.टि.ओ.) का महासचिवसमक्ष बुधबार आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ । स्पेनको राजधानी मड्रिडस्थित विश्व पर्यटन संगठनको मुख्यालय पुगेर राजदुत ढकालले संगठनका महासचिव जुरब पोलोलिखास्भीली समक्ष शिष्टाचार भेट गर्नुभई आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो । सो अवसरमा राजदुत ढकालले […]